काठमाडौँ । युनिलिभर नेपाल लिमिटेड ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ (बीपीए अवार्ड)बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले कम्पनीलाई ‘गोल्ड अवार्ड’ले सम्मानित गरेको हो ।
काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कम्पनीलाई आईक्यानका अध्यक्ष निलबहादुर सारु मगरले उक्त अवार्ड प्रदान गरेका छन् ।
म्यानुफ्याक्चरिङ सेक्टरमा बोटलर्स नेपाल (तेराई) ले ‘सिल्भर अवार्ड’ पाएको छ भने हिमालयन डिस्ट्रिलरी लिमिटेडले ‘ब्रोन्ज अवार्ड पाएको छ ।
त्यस्तै, बोटलर्स नेपाल लिमिटेडले सर्टिफिकेट अफ मेरिट पाएको छ ।



प्रतिक्रिया दिनुहोस्