काठमाडौँ। सिएहरूलाई नबिल बैंकमा काम गर्ने अवसर खुलेको छ। बैंकले एक सूचना जारी गर्दै चिफ रिक्स अफिसर पदमा काम गर्ने अवसर खुलाएको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ २ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ। काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ।
तलब तथा अन्य सुविधा बैंकको नियम अनुसार हुनेछ। आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइनमार्फत सञ्चालन गरिने भएकाले उम्मेदवारले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ। बैंकका अनुसार यस पदका लागि सम्बन्धित क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको तथा बैंकिङ, जोखिम व्यवस्थापन, वित्तीय क्षेत्र वा सोसँग सम्बन्धित अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।
आवेदन दिने व्यक्तिसँग आवश्यक शैक्षिक योग्यता, व्यावसायिक दक्षता तथा नेतृत्व क्षमता पनि अपेक्षा गरिएको छ। यो हेर्नुहोस्:




प्रतिक्रिया दिनुहोस्