Skip to content

एसीसीए परीक्षामा अभिषेक गैरेले हासिल गरे विश्वस्तरमा तेस्रो स्थान, ट्याक्सेसन विषयमा प्राप्त गरे ९४ अंक !

काठमाडौँ । नेपालका एसीसीए विद्यार्थी अभिषेक गैरेले सेप्टेम्बर २०२६ को परीक्षाअन्तर्गत ट्याक्सेसन विषयमा १०० पूर्णाङ्कमध्ये ९४ अंक प्राप्त गरेका छन्। उनले विश्वस्तरमा तेस्रो र नेपालमा दोस्रो स्थान हासिल गरेका छन्।

शिक्षा एकेडेमीमा अध्ययनरत गैरेले यसअघि पनि एसीसीए परीक्षाका विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गरेका थिए । उनले फाइनान्सियल एकाउन्टिङमा ९८ अंकसहित विश्व तेस्रो स्थान तथा म्यानेजमेन्ट एकाउन्टिङमा ९६ अंकसहित विश्व पाँचौँ स्थान हासिल गरेका छन्।

गैरेको शैक्षिक उपलब्धि विद्यालय तहदेखि नै उत्कृष्ट रहेको थियो । उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जीपीए प्राप्त गरेका थिए भने कक्षा १२ मा ए प्लस हासिल गरेका थिए।

लगातार विभिन्न विषयमा उच्च अंक प्राप्त गर्न सफल गैरेको उपलब्धिले नेपाली विद्यार्थीहरू अन्तर्राष्ट्रियस्तरको व्यावसायिक लेखा तथा वित्तीय शिक्षामा प्रतिस्पर्धा गर्न सक्षम रहेको सन्देश दिएको छ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।