काठमाडौँ। चार्टर्ड अकाउन्टेन्ट सौरभ सुबेदी ‘४० अन्डर ४०’ सूचीमा छनोट भएका छन्। सिए सौरभ सुबेदी अनलाइनखबरको ‘४० अन्डर ४०’ सूचीमा छनोट भएका हुन्।
नेतृत्व, नवप्रवर्तन तथा उद्यमशीलताको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप सुबेदीलाई २०८३ सालका लागि ‘४० अन्डर ४०’ नेतृत्वकर्तामध्ये एकका रूपमा मान्यता दिइएको हो।
सुबेदीको यो उपलब्धिप्रति एक्यानले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
संघले उनको यात्रा लेखा तथा संख्याको परिधिभन्दा बाहिर पनि उत्कृष्टता हासिल गर्ने प्रेरणादायी उदाहरण भएको उल्लेख गरेको छ।
संघले सुबेदीको नेतृत्व, नवप्रवर्तन र उद्यमशीलताप्रतिको प्रतिबद्धताले नयाँ पुस्ताका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा थप सफलता र उपलब्धिका लागि शुभकामना दिएको छ।



प्रतिक्रिया दिनुहोस्