काठमाडौँ। सिए विद्यावारिधि सिग्देल नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) को अध्यक्षमा नियुक्त भएका छन् । मंसिर ९ गते उनी एनपीईएको अध्यक्षमा नियुक्त भएका हुन्।
मंसिर ९ गते सम्पन्न एसोसिएसनको वार्षिक साधारणसभाले सिग्देलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिमा रविन श्रेष्ठ, महिमा न्यौपाने र विश्व गिरी रहेका छन् भने साधारणसभाबाट सरोज गुरागाईं, सम्राट मोगा र आशीष श्रेष्ठ पनि सञ्चालकमा निर्वाचित भएका छन् ।
सिए क्षेत्रमा निकै प्रिय मानिएका सिग्देल राष्ट्रिय वाणिज्य बैंकका संचालक समितिका सदस्यसमेत थिए। उनी तत्कालिन कैलाश विकास बैंक र अन्नपूर्ण फाइनान्ससमेत आवद्ध थिए।



प्रतिक्रिया दिनुहोस्