काठमाडौँ। चार्टर्ड एकाउन्टेन्ट गोविन्द शर्मा विश्व करदाता संघको सल्लाहकार बोर्डमा नियुक्त भएका छन्। करदाता अधिकार, कर नीति तथा वित्तीय सुशासनका क्षेत्रमा सक्रिय चार्टर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैह्रे विश्व करदाता संघको सल्लाहकार बोर्डमा नियुक्त भएका हुन्।
करदाता अधिकार, कर नीति तथा वित्तीय सुशासनका क्षेत्रमा सक्रिय चार्टर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैह्रे विश्व करदाता संघको सल्लाहकार बोर्डमा नियुक्त भएका छन्। पोल्यान्डको क्राकोमा आयोजित संघको साधारणसभा तथा सम्मेलनका क्रममा उनको नियुक्ति भएको हो ।
गैह्रे नेपाल करदाता कल्याण समाजका संस्थापक अध्यक्ष हुन्। उनले करदाताको हकहित संरक्षण, करसम्बन्धी जनचेतना, कर प्रशासन सुधार तथा पारदर्शी र उत्तरदायी कर नीतिका पक्षमा पैरवी गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्