काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले एसीसीएतर्फको डिसेम्बर २०२६ चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाका लागि परीक्षा फाराम खुला गरेको छ।
आईक्यानका अनुसार परीक्षार्थीले ७ अक्टोबर २०२६ देखि २७ अक्टोबर २०२६ साँझ ५ बजेसम्म नियमित शुल्क तिरेर परीक्षा फाराम बुझाउन सक्नेछन्। त्यस्तै, १ नोभेम्बर २०२६ साँझ ५ बजेसम्म विलम्ब शुल्कसहित फाराम बुझाउन सकिनेछ।
परीक्षा काठमाडौं उपत्यकाका परीक्षा केन्द्रसँगै विराटनगर, पोखरा, बुटवल, वीरगञ्ज, चितवन, धनगढी र नेपालगञ्जमा समेत सञ्चालन हुनेछ।
परीक्षा फाराम आईक्यानबाट प्राप्त गर्न सकिनेछ भने संस्थाको वेबसाइटबाट समेत डाउनलोड गर्न सकिनेछ। थप जानकारीका लागि आईक्यानको परीक्षा विभागमा सम्पर्क गर्न सकिने आइक्यानले जनाएको छ। सूचनासहित:




प्रतिक्रिया दिनुहोस्