Skip to content

आइक्यानको अध्यक्षमा पनि हुने भो चुनाव, उपाध्यक्षमा उप्रेती र काफ्ले भिड्दै !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नयाँ नेतृत्व चयनका लागि चुनाव हुने भएको छ।  चुनाव असार ३२ गते हुने भएको हो।

यसअघि अध्यक्ष पदमा सर्वसम्मतिको प्रयास भइरहेको चर्चा भए पनि अब अध्यक्ष र उपाध्यक्ष पदमा समेत निर्वाचन हुने भएको छ।

उपाध्यक्ष पदमा अमन उप्रेती र हेम काफ्लेबीच कडा प्रतिस्पर्धा हुने भएको छ। यता आनन्द राज शर्मा वाग्ले र ठाकुर प्रसाद अधिकारी अध्यक्ष पदमा भिड्दै छन्।

अध्यक्ष र उपाध्यक्ष दुवैको कार्यकाल एक-एक वर्षको हुने भएकाले नेतृत्व चयनलाई संस्थाभित्र निकै महत्वका साथ हेरिएको छ।

आइक्यानको निर्वाचन असार अन्तिमतिर तय गरिएको छ भने नयाँ नेतृत्वले साउनदेखि कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।

2b503c165ffc0a57aa6c0e0bad1d39bd

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।