Skip to content

‘बीपीए अवार्ड’मा कामना सेवा विकास बैंकको ह्याट्रिक, वित्तीय प्रतिवेदन विकास बैंकहरुमध्येकै उत्कृष्ट

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले प्रदान गर्ने ‘नेशनल बेस्ट प्रिजेन्टेड रिपोर्ट अवार्ड (बीपीए अवार्ड)’मा कामना सेवा विकास बैंकले ह्याट्रिक हानेको छ । तेस्रो पटक सो अवार्ड प्राप्त गर्दै कामना सेवा विकास बैंकले ह्याट्रिक हानेको हो । 

आईक्यानले सो अवार्ड हरेक वर्ष प्रदान गर्दै आएको छ । यसअघिका दुई वर्षमा पनि लगातार कामना सेवा विकास बैंकले सो अवार्ड प्राप्त गरेको थियो । 

बैंकले ‘बीपीए अवार्ड, २०२३’ मा ‘सिल्भर अवार्ड’ पाएको थियो । त्यसपछि ‘बीपीए अवार्ड, २०२४’ मा बैंकले ‘गोल्ड अवार्ड’ पाएको थियो । यसवर्ष अर्थात ‘बीपीए अवार्ड, २०२५’ मा पनि बैंकले ‘गोल्ड अवार्ड’ नै पाएको छ । 

काठमाडौँमा आयोजित एक विशेष समारोहमा आईक्यानका अध्यक्ष निल बहादुर सारु मगरले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) विनय दाहाललाई उक्त अवार्ड प्रदान गरेका थिए ।

अवार्ड पाएसँगै बैंकको उत्कृष्ट प्रतिवेदन प्रस्तुति तथा वित्तीय पारदर्शिताप्रतिको प्रतिबद्धताको कदरस्वरुप प्रदान गरिएको उक्त सम्मानले बैंकको संस्थागत सुशासन तथा उत्तरदायी वित्तीय अभ्यासलाई थप पुष्टि गरेको बैंकले जनाएको छ ।

बीपीए अवार्ड मात्र होइन, कामना सेवा विकास बैंक दक्षिण एशियाकै विशिष्ट मानिने ‘साफा अवार्ड’बाट समेत लगातार सम्मानित हुँदै आएको छ ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।