Skip to content

आईक्यान र आईसीएआईबीचको पारस्परिक मान्यता सम्झौता पाँच वर्ष थप

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएआई) बीचको पारस्परिक मान्यता सम्झौता (एमआरए) थप पाँच वर्षका लागि विस्तार भएको छ। २९ सेप्टेम्बर २०२६ मा भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ मार्गमा रहेको आईसीएआई भवनमा आयोजित कार्यक्रममा सम्झौता विस्तार गरिएको हो।

सम्झौता सन् २०३० अक्टोबर २० सम्म कायम रहनेछ। सम्झौतामा आईक्यानका अध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले र आईसीएआईका अध्यक्ष सीए प्रसन्न कुमार डीले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा आईक्यानका उपाध्यक्ष सीए हेमकुमार काफ्ले, आईसीएआईका उपाध्यक्ष सीए मंगेश किनारे, आईक्यानका कार्यकारी निर्देशक सीए बिमल डंगोल, आईसीएआई काउन्सिलका सदस्यहरू तथा दुवै संस्थाका अधिकारीहरूको सहभागिता थियो।

कार्यक्रममार्फत दुवै संस्थाले आफ्ना अनुभव साझा गर्नुका साथै आगामी दिनमा सहकार्य गर्न सकिने विभिन्न क्षेत्र पहिचान गरेका थिए। एमआरएको विस्तारले नेपाल र भारतका चार्टर्ड एकाउन्टेन्टहरूका लागि व्यावसायिक गतिशीलताका अवसरलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। साथै, यसले आईक्यान र आईसीएआईबीचको संस्थागत सम्बन्धलाई थप सुदृढ गर्दै नेपाली चार्टर्ड एकाउन्टेन्ट योग्यताको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न सहयोग पुग्ने आईक्यानले जनाएको छ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।