Skip to content

भोटेकोशी बाढीः बाढी पीडितको उद्धार र राहतका लागि एक्यानले गर्यो सहयोगको अपिल

काठमाडौँ । नेपाल चाटर्ड एकाउन्ट्न्ट्स संघ (एक्यान)ले भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बुधबार एक अपिल जारी गर्दै संघले रसुवा, नुवाकोट तथा धादिङमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेको हो । 

सोही अपिलमार्फत एक्यानले प्राकृतिक विपद्को उक्त कठिन घडीमा प्रभावित नागरिकको शीघ्र उद्धार, सुरक्षित बसोबास र आवश्यक राहत सामाग्रीको प्रभावकारी व्यवस्थापनका लागि पहल गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

त्यस्तै, संघका सम्पूर्ण सदस्य, विद्यार्थी, परिवारजन र आम नागरिकलाई समेत आ–आफ्नो स्थानबाट बाढीपीडितहरुको उद्धार तथा राहत कार्यमा सक्दो सहयोग गर्न पनि अपिल गरेको छ । 

यत संघले संघसँग आबद्ध कुनै सदस्य, विद्यार्थी वा परिवारजन बाढीबाट प्रभावित भएको भए आवश्यक सहयोग तथा समन्वयका लागि संघको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । संघले जारी गरेको अपिल हेर्नुहोस्:

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।