Skip to content

एक्यानको निर्वाचन सफलतापूर्वक सम्पन्न, तस्विरमा हेर्नुहोस् खास झलक (फोटो-फिचर)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को ३६औं कार्यकारी समितिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। एक्यानको निर्वाचन अधिकृत सिए गोपाल कुमार श्रेष्ठको पर्यवेक्षणमा कार्तिक २२ गते ३६औं कार्यकारी समितिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको हो। कार्की बैङ्कोइटमा सम्पन्न निर्वाचनमा १७३३ जनाले मतदान गरेका थिए। 

एक्यानको अध्यक्षमा अनुप नेपाल, उपाध्यक्षमा अनिल लामिछाने, कोषाध्यक्षमा सविन कार्की र महासचिवमा प्रदीप अर्याल नियुक्त भएका छन्। सिए अनुप नेपालले कुल ९२६ मत, उपाध्यक्षमा अनिल लामिछाने कुल ८६७ मत र महासचिवमा प्रदीप अर्यालले कुल ९०३ मत ल्याएका छन्। 

यता एक्यानको चुनावमा खुलातर्फ सिए अञ्जली सावदले कुल ११०३ मत, इशा अधिकारीले कुल ९१९ मत, सुमन न्यौपानेले कुल ८१३ मत, रिजिता श्रेष्ठले कुल १०४५ मत, गुरु प्रसाद पोखरेलले कुल ९९१ मत र मिथलेश प्रसाद चौधरीले कुल ९६४ प्राप्त गरेका छन्। निर्वाचनका खस झलकहरू तस्विरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।