काठमाडौँ । आइक्यानको उपाध्यक्षका लागि आनन्द वाग्ले र पीयूष आनन्द चुनाव लडिरहेका बेला पीयूष आनन्दका समर्थक टिपी अधिकारी सम्परकविहिन भएका छन् । उनी चुनावका बेलामा नै आइक्यान नदेखिएपछि उनको खोजी सुरु भएको छ ।
सिए सरोकारले सम्पर्क गर्दा पनि उनको फोन अफ छ । अहिले पार्षदहरु नै उनी अन्य पार्षद् बाट अपहरणमा त परेनन् ? भनेर चिन्ता व्यक्त गरिरहेका छन् । आइक्यानको चुनावमा समर्थक गायव हुने चलन नयाँ भने होइन ।
निल बहादुर सारु मगर भने अध्यक्षमा निर्विरोध निर्वाचित भईसकेका छन् । प्रहरी स्रोतले अधिकारीको फोन अफ गर्नु अघिको लोकेसन पोखरा भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्