Skip to content

आईसीएआइलाई दिंदै आएको मान्यता खारेज गर्ने आइक्यानको गोप्य तर अन्तिम तयारी !

https://casarokar.com/wp-content/uploads/2016/07/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP-5.jpg
आइसीएआइलाई  दिंदै आएको मान्यता खारेज गर्न आइक्यानले गोप्य रुपमा अन्तिम तयारी गरेको छ । आइक्यानका केहि पार्षद्हरु यो कुरालाई काउन्सिलमा पास गराउन आन्तरिक लवीङमा लागेका छन् भने यस बिषयमा आउनसक्ने विवादहरुलाई सामना गर्न भन्दै आइक्यान भित्र गोप्य तयारी भइरहेको छ । स्रोतका अनुसार आइक्यानमा केहि समयअघि आइक्यानका केहि उच्च पदस्त अधिकारी र केहि पार्षद्हरुले यस बिषयको खाका तयार गरिसकेका छन् ।
यस्तो छ तयारी  
२०७८  सालदेखि लागु हुने गरी यो व्यवस्था ल्याउन लागिएको छ । अहिले भर्ना भएका विद्यार्थीहरु र पास हुन बाँकी हरुलाई समय दिएको खण्डमा विवाद नहुने भन्दै आइक्यानले यस्तो व्यवस्था ल्याउन लागेको हो ।   आफ्नो नाम उल्लेख नगर्ने सर्तमा आइक्यानका एक काउन्सिल सदस्यले २०७८ साल देखि लागु हुने गरी आइक्यानले छिट्टै नै यो एजेन्डा काउन्सिलबाट पास गर्ने बताएका छन् ।
के काउन्सिलमा पास होला त यो व्यवस्था ?
आइक्यानको हालको काउन्सिलबाटै यो व्यवस्था पास गरिने बुझिएको छ । अध्यक्ष बनेदेखिनै कहिले भ्रष्टाचार काण्ड त कहिले आइक्यान भित्रको अनियमितता  प्रकरणमा मुछिएका प्रकाश लम्सालले यो बिषयमा रिस्क उठाउन नसकेपछि यसको जिम्मा महेश खनाललाइ दिइएको छ । यता महेश खनालले आफुले केहि गर्न नसक्ने तर सबैको सहयोग भए आफुले अध्यक्षको दायित्व निर्वाह गर्ने भन्दै आइक्यानका केहि पार्षदहरुलाई ‘ग्रीन सिग्नल’ दिइसकेका छन् । प्रकाश लम्सालकै पालामा हुनुपर्ने आइसीएइडब्लुसंगको एमआरए आफ्नो पालामा गर्ने भन्दै जवरजस्त धकेलेको आरोप लागेका महेश खनालले आउनसक्ने विवादलाइ अरुले धान्न सके आफु यो कुरामा अगाडी बढ्ने बताएको स्रोतको दावी छ । 
प्रकाश लम्षालको निर्देशन, ‘भरत रिजाललाइ अन्तिम समयसम्म थाहा नहोस ‘
यस बिषयमा सिए सरोकारले आइक्यानका विभिन्न काउन्सिल सदश्यसँग प्रश्न गरेको थियो । जसमध्ये ४ सदश्यहरुले  यो व्यवस्था पास हुन लागेको तर आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेका थिए । केही समयअघि यसबारे सिए सरोकारले सिए भरत रिजाललाइ यस बारेमा सोध्दा उनले यस बिषयमा कुनै तयारी नभएको र यस्तो हुन नसक्ने बताएका थिए ।  तर यस बिषयमा ४ आरए  ३ सरकारी प्रतिनिधि हालका अध्यक्ष प्रकाश लम्साल, उपाध्यक्ष महेश खनाल, लगायतका १० जना ‘कन्भिन्स’ भैसकेकाले यो निर्णय जसरी पनि पास हुने काउन्सिल सदश्यहरुको दावी छ ।        

प्रतिक्रिया दिनुहोस्