Skip to content

सिड फाइनान्सियल एकेडेमीद्वारा ‘विश्व टपर’ विद्यार्थी भट्ट सम्मानित

काठमाडौँ। सिड फाइनान्सियल एकेडेमीले विश्व प्रथम स्थान प्राप्त गर्न सफल विद्यार्थी सुशान्त भट्टलाई सम्मान गरेको छ। एकेडेमीले जुन २०२५ को ‘फाइनान्सियल रिपोर्टिङ’ विषयमा विश्व प्रथम स्थान प्राप्त गर्न सफल विद्यार्थी सुशान्त भट्टलाई सम्मान गरेको हो ।

एकेडेमीले सुशान्त भट्टको उत्कृष्ट उपलब्धिको कदर गर्दै उनलाई २० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेको छ । निरन्तरता, समर्पण र लगनशीलता प्रस्तुत गर्दै भट्टले सिड विद्यार्थीको उच्च मान्यता स्थापित गरेको संस्थाले जनाएको छ।

यस उपलब्धिमा उनको व्यक्तिगत मेहनतसँगै सिडका शिक्षक बाबुराम अधिकारी र विद्यार्थी सल्लाहकार साहिल महार्जनको भूमिका पनि उल्लेखनीय रहेको एकेडेमीले उल्लेख गरेको छ।

भट्टको सफलताले सिडको शैक्षिक दृष्टिकोण र प्रतिबद्धतालाई थप बल पुर्‍याएको छ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।