Skip to content

कारोबार दैनिकको प्रबन्ध निर्देशकमा चार्टर्ड एकाउन्टेन्ट अधिकारी नियुक्त

काठमाडौँ। कारोबार दैनिकको प्रबन्ध निर्देशकमा चार्टर्ड एकाउन्टेन्ट प्रकाश अधिकारी नियुक्त भएका छन्। नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक कारोबार पत्रिकाको प्रकाशन गृह टिबिआई पब्लिकेसन लिमिटेडको प्रबन्ध निर्देशकमा सीए अधिकारी नियुक्त भएका हुन्। 

कम्पनीको सञ्चालक समितिको बैठकले प्रबन्ध निर्देशकमा सीए अधिकारीलाई नियुक्त गरेको हो। चार्टर्ड एकाउन्टेन्ट अधिकारी हाल काठमाडौँमा एमफिल अध्यन गरिरहेका छन्। उनीसँग विभिन्न संस्थाहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालेको अनुभव छ। 

सीए अधिकारीसँग यसअघि नेपाल एयरलाइन्स र नेपाल रिपब्लिक मिडियामा केही वर्ष काम गरेको अनुभव समेत रहेको छ। 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।