Skip to content

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको महासचिवमा प्रदीप अर्याल निर्वाचित

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को महासचिवमा प्रदीप अर्याल निर्वाचित भएका छन्। एक्यानको निर्वाचनमा महासचिव पदका लागि उम्मेदवारी दिएका सिए प्रदीप अर्याल विजयी भएका हुन् । उनले कुल ९०३ मत ल्याएका छन्।

सिए प्रदीप अर्यालले कागजी गणनामा १४३ मत र मेसिन गणनामा ७६० मत प्राप्त गरेका छन् ।

एक्यानको निर्वाचनमा महासचिव पदका लागि सुनिल बुढाथोकी र प्रदीप अर्यालले उम्मेदवारी दिएका थिए। उनीहरु एकै समूहका भएको चर्चा भए पनि यसपटक चुनावमा आमनेसामने देखिएका थिए।

यता सुनिल बुढाथोकीले भने कागजी गणनामा १५४ मत र मेसिन गणनामा ७२४ गरी कुल ८७८  मत प्राप्त गरेका छन् ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।