Skip to content

आइक्यानमा नयाँ कर्मचारी संगठनले गर्यो नयाँ अध्यक्ष र उपाध्यक्षलाइ स्वागत

काठमाडौँ  – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा सनोज भट्टराइको नेतृत्वमा खुलेको नयाँ कर्मचारी संगठन , नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) कर्मचारी संघले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सातौं परिषदको दोश्रो कार्यकालको लागि नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई स्वागत एवम् बधाई कार्यक्रमको आयोजना गरेको छ ।
संघका अध्यक्ष सनोज भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघका सचिव रामकुमार नेपालले कर्मचारीहरुसँग सम्बन्धित समस्याहरुमा संघको धारणा राखेका थिए भने उपाध्यक्ष र अध्यक्षले आआफ्नो धारणा राखेका थिए । 
स्मरण रहोस् यसअघि आइक्यानमा  निओन नामको कर्मचारी संगठन थियो । उक्त संगठनले आफ्नो म्याद गुज्रेको समेत अत्तोपत्तो नपाएपछि सनोज भट्टराइको नेतृत्वमा आइक्यानका कर्मचारीहरुको नयाँ संगठन खुलेको थियो । 
तश्वीर : हरेकपल डटकम 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।