
- सिए सरोकार सम्बाददाता
उनले आफ्ना स्टाफले पैसा लिएर भागेका कारण आफुले भ्याटवापतको रकम तिर्न नसकेको बताएका हुन् । ‘भ्याट बुझाउनुपर्ने पैसा लिएर स्टाफ बेपत्ता छन् । त्यहि भएर तत्काल भ्याट बुझाउन सकिएन । पत्रिकामा नाम आउँदा त खासै कसैले थाहा पाएका थिएनन् । तर सिए सरोकारमै न्यूज आयो भनेर धेरैले फोन गरे । मेरो नियत गलत होइन । यसलाई यसरी प्रचार नगरेको भए हुने ।’ उनले भने ।
साथै उनले केहिदिनभित्र सम्पूर्ण रकम तिर्नेसमेत प्रतिबद्धता जनाएका छन् । ‘काम गर्यो, बिल पठायो, समयमा पेमेन्ट नै आउंदैन । आएको पनि स्टाफले लिएर भाग्यो । त्यहि भएर यस्तो समस्या आएको हो । ऋण नै गरेर पनि केहिदिनमा भ्याट तिर्छु ।’ उनले भने ।
उनी नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान)को अध्यक्षको दावेदार भएको चर्चा चलिरहेका बेला नै कर कार्यालयले यस्तो सूचना निकालेपछि उनका समर्थकहरु यसले कस्तो प्रभाव पार्ने हो भन्ने चिन्तामा रहेकोसमेत बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्