काठमाडौँ। सिए चन्द्रकान्त भण्डारीको उपमहालेखापरीक्षक (सचिव) पदमा पदोन्नति भएको छ। नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार सिए चन्द्रकान्त भण्डारी उपमहालेखापरीक्षक (सचिव) जस्तो गरिमामय पदमा पदोन्नति भएका हुन्।
सचिवका रूपमा प्राप्त नयाँ जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै सार्वजनिक लेखा तथा वित्तीय सुशासनको क्षेत्रमा उनको अनुभव र दक्षताले थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
भण्डारीलाई नयाँ जिम्मेवारीका लागि धेरै सिएहरूले हार्दिक बधाई तथा सफल, उपलब्धिमूलक र गौरवपूर्ण कार्यकालको शुभकामना पनि दिएका छन्।



प्रतिक्रिया दिनुहोस्