Skip to content

आइक्यानको अध्यक्ष र उपाध्यक्षका लागि असार ३१ गते चुनाव हुने, उपाध्यक्षमा ३ जना आकांक्षी, भोटरको संख्या हुनेछ कम !

काठमाडौँ । आइक्यानको नयाँ अध्यक्ष र उपाध्यक्षका लागि यहि असार ३१ गरे चुनाव हुने भएको छ । अहिलेका उपाध्यक्ष र अध्यक्षको कार्यकाल सकिएसँगै चुनाव हुन लागेको हो । ३१ गते चुनाव सकेर नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदभार ग्रहण साउन १ गते हुने कार्यक्रम निर्धारित भएको आइक्यानका एक काउन्सिल सदस्यले पुष्टी गरेका छन् ।

यसपटक उपाध्यक्षका लागि ३ जना आकांक्षी देखिएका छन् । अमन उप्रेती, हेम काफ्ले र उमेश राज पाण्डेय उपाध्यक्षको आकांक्षी देखिएका हुन् । तीनै जनाले आफु उपाध्यक्षमा उठ्न लागेको पुष्टी गरेका छन् ।

अध्यक्षमा भने २ जना आकांक्षी देखिए पनि निर्विरोध रुपमा आनन्द राज शर्मा वाग्लेलाई अध्यक्षमा निर्वाचित गराउन लविङ्ग भईरहेको बुझिएको छ ।

यसपटक अघिल्लो पटकको तुलनामा चुनावमा भोटर भने कम हुनेछन् । सरकारले सरकारी प्रतिनिधि नपठाएकाले, र सिए हरि कुमार सिलवाल अमेरिकामा रहेकाले भोटरहरु कम हुने देखिएको हो ।

चुनावसम्म अर्का एक भोटर प्रहरी हिरासतमा पुग्ने सम्भावना भएकाले त्यसो भए भोटरको संख्या थप घट्ने देखिन्छ । अहिले प्रहरीले गरिरहेको एउटा अनुसन्धानमा जोडिएपछि एक काउन्सिल सदस्य जुनसुकै बेला पक्राउ पर्न सक्ने सम्भावना देखिएकाले त्यसले पनि चुनावको माहोल फरक बनाउन सक्ने अड्कल काटिएको छ ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।