काठमाडौँ। चार्टर्ड एकाउन्टेन्ट (सिए) मधु वीर पाण्डे नेपाल अडिटिङ स्ट्यान्डर्ड बोर्ड (AuSB) को अध्यक्षमा नियुक्त भएका छन्। अडिटिङ तथा लेखा व्यवसायमा लामो समयदेखि योगदान पुर्याउँदै आएका पाण्डे नेपाल अडिटिङ स्ट्यान्डर्ड बोर्डको अध्यक्षमा नियुक्त भएका हुन्।
पाण्डेको नियुक्तिलाई उनको व्यावसायिक दक्षता, नेतृत्व क्षमता तथा लेखा र लेखापरीक्षण क्षेत्रप्रतिको निरन्तर योगदानको सम्मानका रूपमा हेरिएको छ।
अध्यक्षका रूपमा पाण्डेले नेपालमा लेखापरीक्षण मापदण्डलाई थप सुदृढ बनाउने, लेखापरीक्षण अभ्यासमा गुणस्तर र एकरूपता कायम गर्ने तथा लेखापरीक्षण पेशाप्रति सार्वजनिक विश्वास अभिवृद्धि गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
उनको नेतृत्वमा नेपालमा लेखापरीक्षणसम्बन्धी मापदण्ड तथा अभ्यासलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरअनुकूल बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।
पाण्डेको नियुक्तिप्रति लेखा तथा लेखापरीक्षण क्षेत्रका पेशाकर्मीहरूले बधाई तथा शुभकामना व्यक्त गर्दै सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको कामना गरेका छन्।



प्रतिक्रिया दिनुहोस्