Skip to content

सिए खुमा प्रसाद अर्यालले दिए विपद्मा साथ, बाढीपीडितलाई १ करोड ५१ लाख आर्थिक सहयोग

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट (सिए) खुमा प्रसाद अर्यालद्वारा संचालित कम्पनीहरुले बाढी प्रभावितहरुको लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । मेडिकल व्यवसायीसमेत रहेका सिए अर्यालद्वारा सञ्चालित कम्पनीहरुले उद्धार, राहत र पुनर्स्थापनाका लागि सो रकम सहयोग गरेका हुन् । 

अर्यालसँग सम्बन्धित शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपको तर्फबाट सहयोगबापत सो रकम उपलब्ध गराइएको हो । 

सो रकम शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा र सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेतले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । 

सिए अर्यालद्वारा सञ्चालन गरिएका कम्पनीहरुले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा गरेको उक्त सहयोगले तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ । त्यस्तै, अर्याल सम्बद्ध कम्पनीहरुले विपद्पछि राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।