Skip to content

इन्टरनल अडिट अफिसर पदमा काम गर्न चाहनेलाई केयर नेपालमा अवसर

काठमाडौँ। केयर नेपालमा इन्टरनल अडिट अफिसर पदका लागि रोजगारीको अवसर खुलेको छ। कम्पनीले एक सूचना जारी गर्दै इन्टरनल अडिट अफिसर माग गरेको हो।

ACCA, CA वा CPA जस्ता व्यावसायिक लेखा प्रमाणपत्रसहित कम्तीमा ३ वर्षको कार्यानुभव वा व्यवसाय प्रशासन-वित्त विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा ५ वर्षको काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

उक्त पदमा छनोट हुने उम्मेदवारले अनुदान, विभिन्न कार्य तथा साझेदार संस्थाहरूको आन्तरिक लेखापरीक्षण गर्ने, वार्षिक लेखापरीक्षण योजना तथा जोखिम मूल्यांकनमा सहयोग गर्ने र लेखापरीक्षणका क्रममा देखिएका नियन्त्रणसम्बन्धी कमजोरी पहिचान गर्ने जिम्मेवारी पाउनेछन्।

इच्छुक उम्मेदवारले अनलाइन आवेदन प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। आवेदन भदौ १० गतेभित्र दिनुपर्नेछ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।