Skip to content

सक्षम पौडेल बने क्याप ३ मा अल नेपाल र्‍यांक २, चार्टर्ड अकाउन्टेन्सीको योग्यता २१ वर्षको उमेर मै हासिल !

काठमाडौँ। जुन २०२६ को चार्टर्ड एकाउन्टेन्सी परीक्षा क्याप ३ तर्फ सक्षम पौडेलले अल नेपाल र्‍यांक २ हासिल गरेका छन्। चार्टर्ड एकाउन्टेन्सी (सिए ) अन्तर्गत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जुन २०२६ मा सञ्चालन गरेको क्याप ३ परीक्षामा सक्षम पौडेलले अल नेपाल र्‍यांक २  हासिल गरेका हुन्।

आफ्नो सफलताबारे प्रतिक्रिया दिँदै उनले सामाजिक संजालमा भनेका छन्, ‘झन्डै चार वर्षको अविस्मरणीय यात्रापछि मैले चार्टर्ड अकाउन्टेन्सी (CA) कोर्स सफलतापूर्वक पूरा गरेको कुरा अत्यन्तै खुशी र गर्वका साथ साझा गर्न पाउँदा हर्षित छु। यस उपलब्धिलाई अझ विशेष बनाउँदै, क्याप ३ जुन २०२६ परीक्षामा अल नेपाल र्‍यांक २ हासिल गर्न सफल भएको छु। २१ वर्षको उमेरमै चार्टर्ड अकाउन्टेन्सीको योग्यता हासिल गर्नु मेरो लागि अत्यन्तै गर्व र खुसीको क्षण हो। यो यात्रा निरन्तर मेहनत, चुनौती, त्याग र अनगिन्ती सिकाइका अनुभवहरूले भरिएको थियो। आज आएर ती सबै प्रयास सार्थक भएको महसुस भइरहेको छ। यस यात्राभरि मलाई साथ, हौसला र मार्गदर्शन प्रदान गर्नुहुने बुबा, आमा, परिवार, आफन्तजन, शिक्षकहरू, गुरु तथा मार्गदर्शकहरू, साथीहरू र सम्पूर्ण शुभेच्छुकहरूप्रति म हृदयदेखि नै आभारी छु। एउटा सुन्दर यात्राको अन्त्य भएको छ, र अब एउटा नयाँ अध्यायको सुरुवात हुँदैछ।’

चितवनका २१ वर्षीय पौडेलले कम उमेर मै हासिल गरेको यो उत्कृष्ट सफलताले उनको परिवार र आफन्तमा खुसी र गर्वको माहोल सिर्जना भएको छ। मेहनत, लगनशीलता र निरन्तर अध्ययनको परिणामस्वरूप पौडेलले क्याप ३ मा उत्कृष्ट नतिजा हासिल गरेका हुन्।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।