Skip to content

सिए फाउण्डेसन परीक्षामा इलाट सिएका तीन र्यांक !

काठमाडौँ। इलाइट सिएका तीन जना विद्यार्थीले चार्टर्ड एकाउन्टेन्सी परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हालै सार्वजनिक गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजामा ईलाइट सिएका विद्यार्थीले उत्कृष्ट  नतिजा ल्याउन सफल भएका हुन्।

सीए फाउन्डेसन परीक्षामा इलाइट सिएका बिज्ञान पौडेलले चौथो, आभाष पोख्रेलले पाँचौँ र निष्ठा पोख्रेलले सातौँ स्थान हासिल गरेका छन्। आईक्यानले जुन २०२६ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्सी (सिए) परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

इलाइट सिएले उनीहरूको सफलताप्रति खुसी व्यक्त गर्दै शुभकामना समेत दिएको छ। संस्थाले विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर अध्ययनलाई उपलब्धिको प्रमुख आधारका रूपमा उल्लेख गर्दै सफल सबै विद्यार्थीलाई बधाई तथा आगामी सिए यात्राका लागि शुभकामना पनि दिएको छ ।

सिए अध्यापनमा लामो समयदेखि खारिएकाका शिक्षकहरुबाट पढाई हुने इलाइट सिएले पछिल्लो समय नतिजा समेत अब्बल ल्याएको छ ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।