काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट्स एसोसिएसन (एनकासा) ले आफ्नो २४औँ एनकासा दिवसको अवसरमा ‘लिटरेचर नाइट’ कार्यक्रम आयोजना गर्ने भएको छ।
साहित्य, कविता, कथा वाचन, स्पोकन वर्ड तथा सिर्जनात्मक प्रस्तुतिमार्फत विद्यार्थी र युवा प्रतिभालाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको एनकासाले जनाएको छ।
सो कार्यक्रम असार २५ गते साँझ ५:१५ बजेदेखि काठमाडौंको चिया संगीत, शंखमूलमा सञ्चालन हुनेछ।
एनकासाले साहित्य, अभिव्यक्ति र सिर्जनशीलतामा रुचि राख्ने विद्यार्थी तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्