काठमाडौँ । इसेवाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को नाम सच्याएको छ । आईक्यानले प्रदान गरेको ‘बीपीए अवार्ड २०२५’ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ पाएपछि खुसी साट्दै सामाजिक सञ्जालमा गरेको पोष्टमा इसेवाले आईक्यानको नाम सच्याएको हो ।
सञ्चार तथा आईटी विधामा इसेवाले ‘सर्टिफिकेट अफ मेरिट’ पाएको थियो ।
इसेवाले सोही खुसी सामाजिक सञ्जालमा सेयर गर्ने क्रममा आईक्यानको नाम नै गलत लेखेको थियो । इसेवाले अँग्रेजीमा आईक्यानको नाम लेख्दा अगाडिको The नै हटाएको थियो । जबकी आईक्यानको पूरा नाम ‘The Institute of Chartered Accountants of Nepal’ हो ।
आफूलाई अवार्ड दिने संस्थाको नाम नै गलत लेखेको पाइएको सिए सरोकारले समाचार सम्प्रेषण गरेको थियो । सो समाचारपछि इसेवाले आईक्यानको नाम सच्याएको छ ।
इसेवाका सिइओ जगदीश खड्का आइक्यानकै सदस्य हुन् । यसअघि निकै राम्रो पर्फर्मेन्स गरेको इसेवा खड्का सिइओ भएपछि ६३ पटक बिग्रिसकेको छ । इसेवाको एप नै पटक पटक बिग्रिएपछि उनीमाथि कम्पनी छाड्न दबाब बढेको थियो । तर, अर्का एक सिनियर सिएकै कारण हालसम्म उनी इसेवाको सिइओ पदमै छन् ।



प्रतिक्रिया दिनुहोस्