Skip to content

औसत नै सही, आइक्यान अध्यक्षको पहलमा गज्जबको सुरुवात

काठमाडौँ । आफ्नो कार्यकालको उत्तरार्द्धमा आइपुग्दा नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आईक्यान)का अध्यक्ष निल बहादुर सारुमगरले सुरुवात गरेका कामले प्रशंसा पाउन थालेका छन् । उनले आइक्यानको अध्यक्ष भएपछि सुरु गरेका केही नयाँ कामले प्रशंसा पाउन थालेका हुन् । यसै क्रममा उनकै पहलमा सुरु भएको ‘सिएफओ कन्केल्भ २०२६’ कार्यक्रमबाट पनि उनले राम्रो प्रतिक्रिया पाइरहेको पाइएको छ ।

पहिलो कार्यक्रम भएकाले सहभागिताका हिसाबले कार्यक्रम औसत भए पनि कार्यक्रम अन्य हिसाबले भव्य देखिन्थ्यो । आईक्यानले असार १६ गते ‘सिएफओ कन्केल्भ २०२६’ कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विभिन्न कम्पनीका प्रमुख वित्तीय अधिकृत (सिएफओ), चार्टर्ड एकाउन्टेन्ट, उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, नियामक निकायका अधिकारी, नीति निर्माता तथा वित्त व्यवस्थापनसँग सम्बन्धित विज्ञहरूको सहभागिता थियो ।

कार्यक्रमपछि सहभागीहरुले कार्यक्रम औसत रहे पनि आइक्यानले गज्जबको सुरुवात गरेको, र यसका लागि सारु बधाईका पात्र भएको प्रतिक्रिया दिएका थिए ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।