Skip to content

Exclusive: आईक्यानजस्तै एकाउन्टेन्टहरुको अर्को नियामक आउँदै, कानुन बन्यो, प्रक्रिया अघि बढ्यो

काठमाडौँ । नियामक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) को ‘प्यारालल’ संस्थाको रुपमा नेपाल म्यानेजमेन्ट एकाउन्टेन्ट्स संस्था आउने भएको छ । सो संस्था खडा गर्ने विषयमा प्रस्तावित विधेयकको मस्यौदासमेत तयार भई सोबारे राय माग्न आईक्यानमा पठाउने निर्णय भएबमोजिम आईक्यानसँग राय मागिएको र आईक्यानले पनि पूर्व अध्यक्षहरुलाई बोलाएर यस विषयमा राय मागेको पाइएको छ ।

संस्था निर्माणका लागि ‘नेपाल म्यानेजमेन्ट एकाउन्टेन्टस् ऐन, २०८२’ ड्राफ्ट भइसकेको छ भने प्रस्तावित विधेयक अगाडि बढाउने तयारी भइसकेको छ । आईक्यानले सकारात्मक राय दिएमा सो संस्था निर्माण प्रक्रिया थप अगाडि बढ्ने देखिएको छ ।

यद्यपि आईक्यानका अधिकांश पूर्व अध्यक्षहरुले सो संस्था ल्याउन नहुने र यसमा आईक्यानले विरोध गर्नुपर्ने राय राखेको पाइएको छ । 

‘हामी सबैजसो पूर्व अध्यक्षहरुले यसको विरोध गरेका छौँ । तर रजिस्टर्ड अडिटरको सहयोग बिना आईक्यानको अध्यक्ष र उपाध्यक्ष बन्न नसकिने भन्दै अहिलेका र हुनेवाला उपाध्यक्ष र अध्यक्षले सो संस्था निर्माणमा ग्रीन सिग्नल दिएको बुझेका छौँ ।’, आईक्यानले बोलाएको बैठकमा सहभागी एक पूर्व अध्यक्षले भने, ‘जे हुँदैछ, गलत हुँदैछ । अहिले नेपालका लागि यस्तो संस्था आवश्यक नै छैन । यो त सिधै आईक्यानलाई सौता हालेको जस्तो हुन्छ ।’

यद्यपि आईक्यानले भने सो संस्था निर्माणका लागि आफूले राय मात्र दिन सक्ने भन्दै आफ्नो राय पठाउने तर सो संस्था निर्माण र सो सम्बन्धी अन्य कानुन निर्माणमा सकारात्मक सहयोग गर्ने सन्देश अर्थ मन्त्रालय पठाइसकेको आईक्यानका अधिकारीहरु बताउँछन् । ‘ढिलो चाँडो आइक्यानजस्तै म्यानेजमेन्ट एकाउन्टेन्टहरुको संस्था खुल्थ्यो नै, यसमा विरोध गर्नुभन्दा हामीले सहयोग नै गर्ने भनेका छौँ । आइक्यानबाट काउन्सिलस्तरीय निर्णय भने भएको छैन ।’, आईक्यानका एक पदाधिकारीले भने ।

प्रस्तावित नेपाल म्यानेजमेन्ट एकाउन्टेन्ट्स संस्थाका लागि नेपाल म्यानेजमेन्ट एकाउन्टेन्ट्स ऐनको ड्राफ्ट बनिसकेको छ । आइक्यानसँग लगभग सबै विधि प्रक्रिया मिल्ने सो ऐनले लेखापरीक्षण बोर्ड र लेखामान बोर्डजस्तै म्यानेजमेन्ट एकाउन्टेन्टहरुका लागि त्यस्ता छुट्टै बोर्डको समेत परिकल्पना गरेको छ ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।