काठमाडौँ । विदेश पढ्न जानेहरुलाई सर्टिफिकेसन गरिदिने भन्दै संकेत एण्ड एसोसिएट्सका नाममा गैरकानुनी धन्दा चलिरहेको खुलासा भएको छ । आइक्यानको नियम मिच्दै सो सिए फर्मको नाममा गैरकानुनी विज्ञापन भएको पाइएको हो । आइक्यानले यस्तो कामलाई बर्जित गरेको छ ।
कुनै पनि सिए फर्मले सामाजिक संजालमा आफ्नो सेवाको विज्ञापन गर्न नपाइने प्रष्ट व्यवस्था हुँदा हुँदै संकेत एण्ड एसोसिएट्स नाममा सामाजिक संजाल फेसबुकमा आफ्नो सेवाको विज्ञापन राखेर बदमासी गरेको पाइएको हो । विज्ञापनमा विदेश जानेहरुका लागि बैंक र एम्बेसीले स्वीकार गर्नेगरी सर्टिफिकेसन गरिदिने भनिएको छ ।
संकेत अधिकारी नाम गरेका व्यक्ति प्रोप्राइटर रहेको भनिएको सो फर्मले सो विज्ञापनमा ह्वाट्स एप नम्बरसमेत दिएको छ । सो नम्बरमार्फत क्लाइण्ट खोजेर उनले सेवा दिँदै आएको पाइएको छ ।
यद्यपी सो नम्बरमा सम्पर्क गर्दा हामीसँग कुराकानी गर्नेले आफु सिए नभएको दाबी गरे । उनले सो विज्ञापन हटिसकेकोसमेत दाबी गरेका हुन् ।




प्रतिक्रिया दिनुहोस्