काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले चार्टर्ड एकाउन्टेन्सी परीक्षामा परीक्षा मर्यादा विपरीत गतिविधि गरेको आरोपमा ५ जना परीक्षार्थीमाथि कारवाही गरेको छ। आइक्यानले जुन २०२६ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्सी (सिए) परीक्षामा परीक्षा मर्यादा विपरीत गतिविधि गरेको आरोपमा ५ जना परीक्षार्थीमाथि कारवाही गरेको जनाएको हो ।
संस्थाका अनुसार CAP-I तहका १ जना, CAP-II तहका १ जना तथा CAP-III तहका ३ जना गरी कुल ५ जना परीक्षार्थीले परीक्षा आचारसंहिता उल्लंघन गरेको पाइएको थियो। त्यसपछि परीक्षा समितिको ३४३औँ बैठकले आवश्यक छानबिनपछि कारवाही गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार CAP-I तहका १ जना, CAP-II तहका १ जना तथा CAP-III तहका २ जना परीक्षार्थीको सम्बन्धित समूहको परीक्षा रद्द गरिएको छ। साथै CAP-III तहका अर्का १ जना परीक्षार्थीको सम्बन्धित विषयको परीक्षा मात्र रद्द गरिएको संस्थाले जनाएको छ। संस्थाले सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको हो। यो हेर्नुहोस्:




प्रतिक्रिया दिनुहोस्