Skip to content

आइक्यानले गर्ने कार्यक्रममा सिए फर्मबाट प्रायोजन रकम उठाउन मिल्नेगरी कार्यविधि नै संसोधन !, ‘स्वार्थको द्वन्दको सिद्धान्तकै भद्दा मजाक !’

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले आफुले गर्ने कार्यक्रममा सिए फर्महरुबाट प्रायोजनका नाममा रकम उठाउनेगरी कार्यविधि नै संसोधन गरेको छ । आइक्यानले एक सार्वजनिक सूचना जारी गर्दै सो कार्यविधि संसोधनको जानकारी गराएको हो ।

यसअघि आइक्यानले जसजसको उजुरी आइक्यानमा आउने गरेको थियो, तिनै संस्थाका सीइओहरुसँग भेटेरै प्रायोजनका नाममा स्वार्थको द्वन्द हुनेगरी रकम माग्ने गरेको थियो । राष्ट्रिय बाणिज्य बैंक, कृषि बिकास बैंक लगायतका उजुरी अगाडी बढाउनुपर्नेमा तिनैबाट पैसा उठाएर केहि समय अघि मात्र आइक्यानले कार्यक्रम गरेको थियो । कारवाही गर्नुपर्ने संस्थाबाट उल्टै पैसा उठाएर कारवाही प्रक्रिया दबाइएको भन्दै संस्थाका कार्यकारी निर्देशक बिमल डंगोलको चौतर्फी आलोचना भएको थियो । तर, सो आलोचनाबाट पाठ सिक्नुपर्नेमा उल्टै २ कदम अघि बढेर आइक्यानको कार्यक्रममा सिए फर्महरुले पनि लोगो राख्न मिल्ने कार्यविधि बनाएर सिए फर्महरुबाट पैसा उठाउने लाइनमा आइक्यान देखिएको छ ।

‘हिजो कारवाही गर्नुपर्ने संस्थाबाट रकम उठाउने गरिएको थियो । अव त सिए फर्मबाट पनि पैसा उठाउन मिल्ने कानुन नै बनाइएछ ।’ एक बरिष्ट सिएले सीए सरोकारसँग भने, ‘अव जुन सिए फर्म वा तिनको पार्टनरको उजुरी आइक्यानमा जानेछ, त्यहि सिए फर्मबाट पैसा उठाएर आइक्यानले कार्यक्रम गर्नेछ । यो त सरासर पोलिसी करप्सन भएन र ?’

आइक्यानले भने आफ्नो नियत सिए फर्मबाट पैसा उठाएर कार्यक्रम गर्ने नभएको तर कसैले गर्न चाहेमा बाटो खुलाईदिएको बताएको छ ।

तर, बिगतको अभ्यास हेर्दा भने आइक्यानले केहि ठुला सिए फर्मका उजुरीका फाइल लुकाउने र सोको बदलामा आइक्यानको कार्यक्रममा लोगो राखेर पैसा उठाउने गर्न खोजेको भन्दै बरिष्ट सिएहरुले नै आपत्ति जनाएका छन् । ‘जसले उजुरी लुकाएर सोहि संस्थाबाट पैसा लिएर कार्यक्रम गर्छ, अव उसले प्रायोजनका नाममा सिए फर्महरुलाई दुख दिंदैन भन्ने के ग्यारेन्टी भयो र ?’ एक अर्का बरिष्ट सिएले भने, ‘अव त सिए फर्महरुले आइक्यानको कार्यक्रमका लागि भनेर प्रायोजन खर्च नै छुट्याउनुपर्ने भयो ।’

आइक्यानले कार्यविधि संसोधनमार्फत सिएहरुलाई करसम्बन्धि जानकारीमूलक टिकटक बनाउन दिने, वेव साइटमा विस्तृत विवरण राख्न मिल्ने लगायत व्यवस्थासमेत गरेको छ ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।