काठमाडौँ। गुरुकुल सिएले ८ जनालाई नि:शुल्क सिए पढाउने भएको छ। गुरुकुल सीएले कक्षा १२ मा सहभागी भएका र चार्टर्ड एकाउन्टेन्सी (सिए) र एसीसीएमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति दिने घोषणा गरेको हो।
गुरुकुल सिएले जिपीए आधारित छात्रवृत्ति परीक्षा सञ्चालन गर्ने जनाएको छ। उक्त परीक्षाको नतिजाका आधारमा बाँकी शुल्कमा विशेष छुट प्रदान गरिने भएको छ।
संस्थाका अनुसार ९ जना विद्यार्थीलाई १०० प्रतिशत पूर्ण छात्रवृत्ति, अर्को ९ जनालाई ७५ प्रतिशत छात्रवृत्ति तथा थप ९ जनालाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने भएको छ।
१०० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने ९ जनामध्ये ५ जना काठमाडौंबाट चयन गरिनेछन् भने बाँकी ४ जना क्रमश: विराटनगर, वीरगञ्ज, भरतपुर र बुटवलबाट एकएक जना छनोट गरिने भएको हो।
सिएको परीक्षामा उल्लेखनीय नतिजा ल्याउन सफल गुरुकुल सिएमा सिए फाउन्डेसनका लागि भर्ना पनि खुलेको छ । प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि लक्षित गर्दै गुरुकुल सिएमा भर्ना खुलेको हो ।
गुरुकुल सिएले सिए क्षेत्रमा आफ्नो अब्बल छबि बनाएको छ। यसरी दिन सकिन्छ आवेदन:

https://docs.google.com/forms/d/e/1FAIpQLSeE8WIkFtcoBVLJC0OpPy5ua5bIGKqGW9p-pk5ucLTiMqDZjQ/viewform



प्रतिक्रिया दिनुहोस्