Skip to content

सिए नारायण बजाज हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नियुक्त

काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सिए नारायण बजाज नियुक्त भएका छन्। चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको अध्यक्षमा सिए नारायण बजाजलाई नियुक्त गरेको हो।

सोही बैठकले कम्पनीको संस्थापक समूह अन्तर्गत रिक्त रहेको सञ्चालक पदमा कम्पनीको संथापक सेयरधनी लक्ष्मी कर्प नेपाल प्रालिको तर्फबाट प्रतिनिधित्व गरेका बजाजलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

व्यवसायी दीपक भट्ट र उनीसँगको कारोबारमा संलग्न भएको आरोपमा शंकर समूहका उपाध्यक्ष समेत रहेका सुलभ अग्रवाललाई अनुसन्धानका दायरामा ल्याएसँगै अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।