Skip to content

क्याप १ का विद्यार्थीलाई फाउन्डेशन लेभलमा स्विच गर्ने अवसर, चैत १७ भित्र आवेदन दिन आइक्यानको आग्रह !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले चार्टर्ड एकाउन्टेन्सी अध्ययनरत क्याप १ तहका विद्यार्थीहरूलाई नयाँ फाउण्डेसन पाठ्यक्रममा स्विच गर्ने अवसर प्रदान गरेको छ। आइक्यानले सार्वजनिक गरेको सूचनाअनुसार जुन २०२६ मा हुने फाउन्डेशन लेभल परीक्षामा सहभागी हुन इच्छुक क्याप १ का विद्यार्थीहरूले नयाँ पाठ्यक्रममा परिवर्तन गर्न सक्नेछन्।

संस्थाका अनुसार क्याप १ तहमा अध्ययन गरिरहेका र नयाँ संरचना अनुसारको फाउण्डेसन लेभलमामा अध्ययन जारी राख्न चाहने विद्यार्थीहरूले तोकिएको प्रक्रियाअनुसार आवेदन दिनुपर्नेछ। इच्छुक विद्यार्थीहरूले Annexure–1 मा उल्लेख गरिएको फारम पूर्ण रूपमा भरी आवश्यक विवरणसहित संस्थामा पठाउनुपर्नेछ।

आइक्यानले दिएको जानकारी अनुसार उक्त आवेदन मार्च ३१, २०२६ (२०८२ साल चैत १७ गते) भित्र पठाइसक्नुपर्नेछ। विद्यार्थीहरूले भरेको फारम [email protected] मा इमेलमार्फत पठाउन सक्नेछन्। तोकिएको मितिभित्र आवेदन दिएका विद्यार्थीहरू मात्र जुन २०२६ मा सञ्चालन हुने Foundation Level Examination मा सहभागी हुन योग्य हुनेछन्। संस्थाले यसअघि नै क्याप १ बाट फाउण्डेसन लेभलमा स्विच गरिसकेका विद्यार्थीहरूलाई भने पुन: आवेदन दिनु नपर्ने स्पष्ट पारेको छ।

यसअघि आवेदन दिई प्रक्रिया पूरा गरेका विद्यार्थीहरूको आवेदन स्वतः मान्य हुने जनाइएको छ। आइक्यानले चार्टर्ड एकाउन्टेन्सी अध्ययनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित गर्न पाठ्यक्रम संरचनामा परिवर्तन गर्दै आएको छ। सोही परिवर्तनअन्तर्गत क्याप १ तहको सट्टा फाउन्डेशन लेभल प्रणाली लागू गरिएको हो। नयाँ प्रणालीले विद्यार्थीहरूलाई अध्ययन तथा परीक्षा प्रक्रियामा थप व्यवस्थित र आधुनिक ढाँचा प्रदान गर्ने विश्वास संस्थाले व्यक्त गरेको छ।

फाउन्डेशन लेभलमा स्विच गर्ने प्रक्रियासम्बन्धी थप जानकारी वा सहयोग आवश्यक परेमा विद्यार्थीहरूले आइक्यानको विद्यार्थी विभागमा सम्पर्क गर्न सक्नेछन्। यसका लागि ९८५१३१६६२७ नम्बरमा फोन गर्न वा [email protected] मा इमेल पठाउन सकिने जनाइएको छ।

संस्थाले सबै इच्छुक विद्यार्थीहरूलाई तोकिएको समयसीमा भित्र आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।