काठमाडौँ। नेपालका चार्टर्ड एकाउन्टेन्सी (सिए) अध्ययन गर्ने विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन्। एकेडेमी अफ कमर्स नेपालका विद्यार्थीहरूले जनवरी २०२६ को सिए परीक्षामा उत्कृष्ट अंक ल्याउँदै अल इंडिया र्याङ्क हासिल गरेका हुन् ।
संस्थाका अनुसार सिए फाउन्डेसन र सिए इन्टरमिडेट परीक्षामा गरी कुल ७ वटा अल इंडिया र्याङ्क प्राप्त भएको छ । जनवरी २०२६ मा आयोजित सिए फाउन्डेसन परीक्षामा एकेडेमी अफ कमर्सका दुई विद्यार्थी सुमन कार्की, र अलिना भण्डारीले अल इंडिया र्याङ्क प्राप्त गरेका छन्।
यस उपलब्धिले नेपालका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको प्रमाणित गरेको संस्थाले जनाएको छ। सिए इन्टरमिडेटमा ५ जना विद्यार्थीको अल इंडिया र्याङ्क आएको छ।
त्यसैगरी सिए इन्टरमिडेट परीक्षामा पनि एकेडेमी अफ कमर्सका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका छन्।एयर ११ अंकित कुमार महतो, एयर २३ संगीत बुढाथोकी, एयर ३१ अञ्जल श्रेष्ठ, एयर ३७ आयुषा श्रेष्ठ र एयर ४२ मिलन सिग्देलले उत्कृष्ट नतिजा ल्याएका हुन्।
सीए फाउन्डेसन तहअन्तर्गत सुमन कार्कीले ९०.२५ प्रतिशत अंकसहित एयर ३ हासिल गरेका छन् भने एलिना भण्डारीले ८९ प्रतिशत अंकसहित एयर ७ प्राप्त गरेकी छन्। उनीहरूको प्रदर्शनले नेपाली विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पनि अग्रस्थानमा रहन सक्ने क्षमता रहेको देखाएको छ।
त्यस्तै सीए इन्टरमिडियट परीक्षामा पनि नेपाली विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। यसअन्तर्गत अंकित कुमार महतोले ७८.१७ प्रतिशत अंकसहित AIR 11 प्राप्त गरेका छन्। संगित बुढाथोकीले ७४.८३ प्रतिशतसहित एयर २३ अञ्जल श्रेष्ठले ७३ प्रतिशतसहित एयर ३१, आयुषा श्रेष्ठले ७२ प्रतिशतसहित एयर ३७ र मिलन सिग्देलले ७१.१७ प्रतिशतसहित एयर ४२ हासिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस्