काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष नेकपा एमालेको महाधिवेशनमा उम्मेदवार बनेका छन् । आइक्यानका अध्यक्ष निल बहादुर सारु मगर एमालेको महाधिवेशनमा उम्मेदवार बनेका हुन् ।
अध्यक्ष मगरले एमालेको केन्द्रीय लेखा आयोगको सदस्यमा उम्मेदवारी दिएका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीमा मगरको नाम केन्द्रीय लेखा आयोगको सदस्यको १२औँ नम्बरमा उल्लेख गरिएको छ ।
एमाले महाधिवेशनमा आज (मंगलबार) निर्वाचन हुँदैछ । निर्वाचन तोकिएकै समयमा नहुने भएपछि निर्वाचनको नतिजा भोलि मात्रै आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्