Skip to content

आइक्यान र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सम्झौता, सुपरीवेक्षण गर्ने जिम्मा सिएलाई दिइने !

काठमाडौँ। नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सम्झौता भएको छ । सहकारी संस्थाहरुको विषयलाई प्रभावकारी बनाउनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण र आईक्यानबीच सहमति भएको हो ।

ललितपुरस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा सहमति पत्रमा हस्ताक्षर भएको हो । सोही अवसरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ सार्वजनिक गरेको छ ।

प्राधिकरणले भए गरेका काम कारवाही तथा भावी योजना विषयमा समेत जानकारी गराइएको छ । संशोधन भएको नयाँ सहकारी ऐनमा समेत सहकारी प्राधिकरणले नेपाल चार्टड संस्थासँग समन्वय गरेर काम गर्नसक्ने भएअनुसार सहमति भएको प्राधिकरणले जनाएको छ ।

देशभर यसले नेपालमा रहेका काम गर्ने सहकारीहरुको सुपरीवेक्षण गर्ने जिम्मेवारी नेपाल चार्टड संस्थाका सदस्यहरुलाई दिने व्यवस्था गर्न लागेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।