काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर सिए महाप्रसाद अधिकारीको चार्टर्ड एकाउन्टेन्सी योग्यताविरुद्ध रिट खारेज गरेको छ । सोमबार सर्वोच्चका न्यायधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले अधिकारी विरुद्दको रिट खारेज गरेको हो ।
२०८० पुस १२ गते जोशी ल एण्ड एसोसिएट्सका अधिवक्ता दिपकराज जोशी , ठकुाराठी एशोसिएट्सका अधिवक्ता प्रतापसिंह ठकुराठी , विप्स ल एसोसिएट्स प्रा.लि का संचालक अधिवक्ता दामोदर तिम्सिना र चुडामणी भण्डारीले गभर्नर अधिकारीको राष्ट्र बैंकको गभर्नर बन्न तोकिएको शैक्षिक योग्यतामा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था रहेको तर गभर्नर अधिकारीले सीए गरेको र सीएको उपाधिले हालसम्म पनि स्नातकोत्तर सरह मान्यता नपाएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
तर, अन्तत: सर्वोच्चले सो रिट खारेज गरेको छ ।
प्रतिक्रिया दिनुहोस्