काठमाडौँ। चार्टर्ड एकाउन्टेन्ट खुमा प्रसाद अर्यालको स्वामित्व रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमीको नाफा २९ प्रतिशतले बढेको छ । एकेडेमीले सन् २०२४ मा १ अर्ब ८१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीको व्यापार सन् २०२४ मा २९ प्रतिशतले बढेको छ ।
कम्पनीका अनुसार सन् २०२४ मा मेडिकल कलेज र हस्पिटलको व्यापारमा सुधार हुँदा कारोबारमा वृद्धि भएको हो । कम्पनीले सन् २०२४ मा ५२ प्रतिशत आम्दानी हस्पिटलको सेवाबाट, २६ प्रतिशत मेडिकल कलेजबाट र २२ प्रतिशत आम्दानी होस्टेल, फार्मेसी र अन्य सेवाबाट भएको जनाएको छ ।
एकेडेमीले दीर्घकालीन कर्जाका लागि ९५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीमा ८ जना निर्देशक छन् । कम्पनीको अध्यक्ष खुमाप्रसाद अर्याल हुन् भने प्रबन्ध निर्देशक सुरेशकुमार कनोडिया हुन् ।
प्रतिक्रिया दिनुहोस्