Skip to content

एसीसीए क्वालिफिकेसनलाई नयाँ ढाँचा दिँदै, परिस्कृत उदेश्यका साथ पुनर्संरचना गर्ने घोषणा !

काठमाडौँ । एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए)ले एसीसीए क्वालिफिकेशनलाई नयाँ ढाँचा र उद्देश्यका साथ पुन:निर्माण गर्ने घोषणा गरेको छ  । एसीसीएले मिड-२०२७ बाट लागू हुनेगरी एसीसीए क्वालिफिकेशनलाई नयाँ ढाँचा र उद्देश्यका साथ पुन: निर्माण गर्ने घोषणा गरेको हो ।

विशेष गरी रणनीतिक व्यवसायिक तहमा विद्यार्थीहरूले नयाँ डाटा विज्ञान व्यावसायिक परीक्षा विकल्प छनोट गर्न सक्ने एसीसीएले जनाएको छ। यसले डाटा विज्ञान र विश्लेषणमाथि थप ध्यान केन्द्रित गर्ने एसीसीएको भनाई छ । साथै, प्रमाणपत्र प्रणाली (डिप्लोमादेखि एडभान्स डिप्लोमा र अन्तत: पूरा एसीसीए योग्यता) मार्फत विद्यार्थीहरूको प्रत्येक प्रगति स्तरलाई स्पष्ट र मान्यता दिने व्यवस्था गर्नेगरी कोर्सलाई नयाँ ढाँचा दिईने एसीसीएले जनाएको छ ।

यस्तो नयाँ एसीसीए क्वालिफिकेशन व्यवसायीक दक्षता मात्र नभई नैतिक, प्राविधिक र स्वत मूल्य सिर्जनामा लेखा पेशाका योगदानकर्ताहरूलाई तयार पार्ने अग्रगामी पहल भएको एसीसीएको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।