Skip to content

ईसेवा बिग्रिरहँदा आइक्यानका विद्यार्थी मारमा, अरु वालेट इन्टिग्रेट गर्न नमान्नु शङ्कास्पद !

काठमाडौँ । आइक्यानमा डिजिटल वालेटमार्फत पेमेन्ट गर्नका लागि एकमात्र विकल्पका रुपमा ईसेवा मात्र राखिँदा विद्यार्थीहरू मारमा परेका छन् । ईसेवामा पछिल्ला दिनहरूमा देखिएको समस्या कारण विद्यार्थीहरू मारमा परेका हुन् ।

अनलाइन गरिएको पेमेन्टमा समस्या देखिने, विद्यार्थीको पैसा काटिने तर आइक्यानको रेकर्डमा नदेखिने जस्ता समस्याले विद्यार्थीहरू आजित भएको देखिएको छ । ईसेवाबाट भुक्तानी गर्दा रकम कटौती भएर पनि सेवा नपठाउने, भुक्तानी नपुग्ने तथा प्रणालीमै समस्या आउने गरेको गुनासो स्वयम् आइक्यानका कर्मचारीले समेत गरेका छन् ।

यही कारण रिकन्सिलेसनमा पनि निकै समस्या रहेको आइक्यानका कर्मचारीहरू बताउँछन् । अर्कोतर्फ विद्यार्थीले आफूले चलाइरहेका अन्य वालेट प्रयोग गरि भुक्तानी गर्न पाउने अधिकारमा आइक्यानले कैँची चलाएको भन्दै दुखेसोसमेत गरेका छन् ।

आइक्यानको नियतमै शङ्का ! 

आइक्यानले विना कुनै प्रतिष्पर्धा ईसेवासँग व्यवसायिक सम्झौता गरेको छ । यतिसम्मकि आइक्यानले अन्य सेवा प्रदायकको तुलनामा महँगो सेवा ईसेवसँग लिइरहेको छ ।

यही बुझेर नै सिए सुजन कुमार काफ्ले अध्यक्ष हुँदा उनले अन्य सेवा प्रदायक पनि सिस्टममा जोड्न मौखिक निर्देशन दिएका थिए ।

तर, रिकन्सिलेसनमा हैरानी हुने बहाना बनाएर आइक्यानका कर्मचारीले सो निर्देशन अटेर गरे । ईसेवाका सिनियर कर्मचारीबाट प्रभावित भएर आइक्यानले अन्य सेवा प्रदायकलाई सिस्टममा नजोडेको भन्दै अहिले आइक्यानकै अन्य कर्मचारी यो विषयलाई लिएर अख्तियार जाने तयारीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।