Skip to content

‘शार्क ट्यांक नेपाल’ पहिलो सिजनको प्रसारण असार १८ देखि, सिएहरुका आइडियाले पाउलान् लगानी ?

काठमाडौँ । उद्यमीहरुलाई लगानी जुटाइदिने बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को प्रसारण असार १८ गतेदेखि हिमालय टेलिभिजनमार्फत सुरु हुने भएको छ । ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइदिने भनिएको सो कार्यक्रममा हेमराज ढकाल, क्याबिनेट श्रेष्ठ,ऋतुसिंह वैद्य, आनन्द बगारिया र सौरभ ज्योति जजका रुपमा छन् ।

सो कार्यक्रममा केहि सिएहरुले पनि आफ्नो स्टार्टअप प्रस्तुत गरेका छन् । कुन सिएको स्टार्टअपले लगानी जुताउन सफल भयो भन्ने हेर्न भने कार्यक्रम नै पर्खनुपर्नेछ ।

सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रुपमा सुरु भएको यो शो सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ । यो शोको नेपाल संस्करण ५४ औं फ्रेन्चाइज हो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।