काठमाडौँ । कुनैबेला यस्तो थियो नेपाली बजारमा सिएको कोचिङ्ग सेन्टर चलाईरहेकाहरुले आइक्यानबाट सम्बन्धन लिनुपर्छ कि पर्दैन भन्ने बहस हुन्थ्यो । त्यतिबेला अग्रणी रुपमा लिने गरिएका केहि कोचिङ्ग सेन्टरले सम्बन्धन नलिने अडानका बीच केहि भने आइक्यानबाट सम्बन्धन प्राप्त भन्दै सोहि विषयलाई बजारीकरण गरिरहेका थिए । तर, त्यसको केहि बर्षपछि आइक्यानको सम्बन्धन लिएका सबैलाई ‘ब्याड लक’ लागेको छ । अर्थात आइक्यानबाट सम्बन्धन प्राप्त सबैजसो कोचिङ्ग सेन्टर बन्द भएका छन् ।
आइक्यानबाट सम्बन्धन प्राप्त सिमा, सीसीएमए, एसबिबिआर लगायतका कोचिङ्ग सेन्टर अहिले बन्द प्राय: अवस्थामा छन् । आइक्यानबाट सम्बन्धन प्राप्त अर्को कोचिङ्ग सेन्टर एओसीले अहिले आइक्यानका कोर्स नै पढाउन छोडेको छ । एसबिबिआर सिए नामको कोचिङ्ग सेन्टर त भेण्डरको लाखौँ रुपैयाँ नतिरी, त्यहाँका संचालक सम्पर्कविहीन भएका छन् । चैतन्य सिएले पनि सिएको कोचिङ्ग पढाउन छोडेको धेरै भईसकेको छ ।
सम्बन्धन नलिएका सिएका कोचिङ्ग सेन्टर अरु पनि थुप्रै हराईसकेका छन् । नेपालको पहिलो सिए कोचिङ्ग सेन्टर मानिएको सीएआइ बन्द भएको धेरै भईसकेको छ । सीएआईसँगै सीइएफ, संकल्प सिए, रिलायबल सिए, व्ह्वाइट हाउस सिए एकेडेमी, केएमसीपीइ, प्रोफेसनल सिए, लगायतका कोचिङ्ग सेन्टर पनि बन्द भईसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्