काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा १००० विद्यार्थी भर्ना भएका छन् । आइक्यानले दिएको जानकारी अनुसार भर्ना गर्ने अन्तिम दिन बाँकी हुँदा नै १००० हाराहारी विद्यार्थी भर्ना भएका हुन् ।
भर्ना भएका यी विद्यार्थीहरुले अव आउँदो डिसेम्बरमा परीक्षा दिनेछन् ।
पछिल्लो समय नेपाल बोर्डको सिए पढ्नेहरुको संख्या नेपालमा भारतीय बोर्ड पढ्ने संख्याको तुलनामा सबैभन्दा बढी छ ।
प्लस टुपछि विदेश जाने ट्रेण्ड चलिरहेका बेला १००० विद्यार्थीले आइक्यानमा भर्ना गर्नुलाई आइक्यानले ‘औसत सफलता’ मानेको छ ।
प्रतिक्रिया दिनुहोस्