
के भन्छन् बिजय पाठक ? : सिमा एकेडेमिक्सका कोअर्डिनेटर बिजय पाठकलाई सिमाको नतिजामा पढ्दै नपढेको बिधार्थीलाई बधाई भन्ने छापिएकोबारे सिए सरोकारले सोधेको प्रश्नको उत्तर दिंदै उनले आफ्नो कर्मचारीहरुले भुलबस् उक्त तस्बिर छापेको बताएका छन्। ” म बिधार्थीहरुको रजिस्ट्रेसन गर्न दिल्ली गएको थिएँ। सिमामा २ जना अनुप आचार्य भएका कारण सीपीटि मात्रै सिमामा पढेको र आईपीसीसी अन्यत्रै पढेको बिधार्थीको तस्बिर भुलबस् छापिएछ। सीमामा अध्ययनरत अनुप आचार्य नाम गरेका एक बिधार्थीले भने आईपीसीसीको एक ग्रुप सिमा मै पढेर पास गरेका हुन्। ” बिजय पाठकले सिए सरोकारलाइ भने। अनि तस्बिर कसरि अर्कोको पर्यो भन्ने सिए सरोकारको प्रश्नमा बिजय पाठकले भुलबस् त्यस्तो भएको बताएका छन्। सामान्यतया बिधार्थीको फारम भर्दा नाम र फोटो संगै हुने भए पनि बिजय पाठकले भने आफ्ना कर्मचारीहरुले भुलबस् त्यस्तो गरेको र गलत सुचना दिने कुनै पनि बद्नियत नभएको स्पस्ट पारेका छन्। प्रकाश लम्शाल अध्यक्ष भएपछी त्यसको आडमा सीमाले मनपरी गरिरहेको गुनासो छ नि ? भन्ने सिए सरोकारको प्रश्नमा बिजय पाठकले त्यस्ता खालका प्रतिक्रिया स्वोभाविक रुपमा आउने तर त्यस्तो नभएको बताएका छन्। सिमाको ६० % नतिजाका बारेमा पनि बजारको गुंनासो छ नि ? भन्ने सिए सरोकारको प्रश्नमा उनले आफ्नो नतिजा ६०% भन्दा पनि माथि भएको दाबी गरेका छन्। कतिपय अवस्थामा नतिजा अपडेट नहुने बताउंदै उनले सिमाको नतिजा ६०% भएको स्पस्ट पारेका छन्। आफ्नो संस्थामाथि लागेको त्यस्तो आरोपलाइ खण्डन गर्नुको सट्टा कमेन्ट नै डिलिट गर्नु भयो नि ? भन्ने प्रश्नको उत्तरमा उनि भन्छन् ,” कमेन्ट गर्ने अशिम आचार्य पनि हाम्रै बिधार्थी हुन्। मैले बिहानै ऊसंग कुरा गरिसकें र उनकै अनुरोधमा कमेन्ट डिलिट गरेको हुँ।
प्रतिक्रिया दिनुहोस्