Skip to content

दलाल र बिचौलिया ‘सिए साथीहरु’ भकाभक पक्राउ पर्न थालेपछि एक्यानले भन्यो, ‘बिचौलिया भन्न मिल्दैन’ !

काठमाडौँ । फुल अडिटको दलाली गरेको भेटिएपछि केहि समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहि समयअघि मात्र एक सिए र कर अधिकृत विरुद्ध मुद्धा चलाउने निर्णय गर्यो । समातिएका सिए प्रोफेसनमा रहेका बिचौलिया नै थिए । बिचौलिया समातिएपछि मिडियाहरुले बिचौलिया समातिएको र बिचौलियाको रुपमा अख्तियारले मुद्धा चलाएपछि मिडियाहरुले बिचौलियाविरुद्ध मुद्धा दर्ता भएको भन्दै सिएविरुद्ध मुद्धा दर्ता भएको समाचार लेखे ।

तर बजारमा धेरै सिएहरुले फुलअडिटको दलाली गर्ने हुनाले यसपटक मिडियामा आएको समाचारले उनीहरुको चित्त बुझेन । क्लाइण्टको फुलअडिट परेपछि कर अधिकृतसँग कुरा मिलाइदिने प्राय: सिए नै हुन् भन्ने तीतो सत्य बाहिरिएपछि उनीहरुलाई बिचौलिया वा दलाल भनेको मन परेन । अनि निस्कियो नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघको विज्ञप्ति ।

संघका महासचिव प्रदीप अर्यालले सिएहरुलाई बिचौलिया वा दलाल नभन्न भन्दै विज्ञप्ति निकालेका छन् । जवकि उनलाई चुनावमा जिताउन लागि परेका केहि सिएहरुको काम नै फुल अडिटको दलाली गर्ने हो । यस विषयमा गुनासाहरु नियामक आइक्यानसम्म पनि पुगेको थियो । समाचारलाई गुरु पोखरेल लगायतले सेयर गर्दै व्यक्तिगत मामिलालाई लिएर आधारहीन समाचार लेख्दै प्रतिष्ठित सिए सोसाइटीको बदनाम नगरौँ भनेका छन् । पोखरेलले केहि समय अघि मात्र अण्डरकटिङ गरेर गैरकानुनी काम गरेको फेला परेपछि यस विषयमा मिडियाहरुमा समाचार आएका थिए । समाचार सार्वजनिक भएपछि उनले सो काम नै छाडेका थिए ।

सिराहामा एक सिएले बिचौलियाको रुपमा काम गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको छ । ती सिएले कर अधिकृतलाई घुस मिलाइदिने बिचौलियाको काम गर्दै दलाली गरेका थिए । यो हेर्नुहोस्:

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।