काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५’ (बीपीए अवार्ड)बाट सम्मानित भएको छ । कम्पनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले प्रदान गर्ने बीपीए अवार्ड अन्तर्गत ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको हो ।
काठमाडौँको होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहकाबीच कम्पनीलाई सो अवार्ड प्रदान गरिएको थियो ।
कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सो अवार्ड ग्रहण गरेका थिए भने आईक्यानका अध्यक्ष निर बहादुर सारुले अवार्ड प्रदान गरेका थिए ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
अवार्ड ग्रहण गर्दै कम्पनीका सिइओ पराजुलीले उक्त अवार्ड नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताएका छन् । अवार्डले कम्पनीले अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्न थप जिम्मेवारी प्रदान गरेको उल्लेख गरेका छन् ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ५२.४ लाखभन्दा बढी बीमालेख जारी गरेको छ । २ खर्ब ६७ अर्बभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको कम्पनीले हालसम्म १ खर्ब १३ अर्बभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीले हालसम्म सरकारलाई १७ अर्ब बढी राजस्व तिरेको छ ।



प्रतिक्रिया दिनुहोस्