काठमाडौँ । राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा हुने गरेको लेखापरीक्षणको गुणस्तरमा प्रश्न उठाएको छ । सिए पढिरहेका आर्टिकल ट्रेनीको भरमा अरवौंको कारोबार भएको संस्थाको अडिट गर्दा गुणस्तर नभएकोतर्फ राष्ट्र बैंकले कैफियत औंल्याएको हो ।
सिए पढ्दै गरेका र बैंकिङ सम्बन्धि राम्रो जानकारी नभएका प्रशिक्षार्थीबाट बैंकको अडिट हुँदा त्यसले लेखापरीक्षणको गुणस्तरीयतामा प्रश्न उठाएको राष्ट्र बैंकको तर्क छ ।
यता, राष्ट्र बैंकले अडिट कमिटीमा व्यवस्थापक र संचालक पनि उपस्थित हुँदा लेखापरीक्षकको स्वतन्त्रतामाथि नै प्रश्न उठाएको छ ।
नियामक आइक्यान कमजोर हुँदा अडिटरका यस्ता कैफियत पनि स्वयम् राष्ट्र बैंकले नै खुलासा गरिदिएको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘बैंक सुपरिवेक्षण प्रतिवेदन २०२४-२५’ मा सिएहरुले आर्टिकल ट्रेनीका भरमा अडिट सक्काउने र स्वतन्त्र नहुने गरेको तथ्य देखिएको हो । राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण गर्दा यस्ता कैफियत भेट्टाएको हो।



प्रतिक्रिया दिनुहोस्